Saturday, November 8, 2008

बाराक ओबामा अमेरिकाका नयाँ राष्ट्रपति




संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदमा बाराक ओवामा निर्वाचित भएका छन्।

केन्याली मूलका बाबु र अमेरिकी आमाका छोरा तथा अश्वेत नेता ओवामा 

अमेरिकाको इतिहासमा राष्ट्रपति पदमा निर्वाचित भएको यो पहिलो घटना हो।

यो चुनावमा बाराक ओवामाले ५२ प्रतिशत मत पाएका थिए भने विपक्षी 

जोन मक्केनको पक्षमा ४७ प्रतिशत मत परेको थियो।

ओबामाको गृहनगर शिकागोमा आयोजित विजय भाषणमा उनले अमेरिकी जनताले

 विगत एकसय वर्षको अवधिमा यसपटक सबैभन्दा गम्भीर चुनौतीको 

सामना गरेको बताए।

तर ओबामाले आफुलाई समर्थन गर्ने र नगर्ने सबै अमेरिकीहरूप्रति समान व्यवहार

 गर्ने कुरामा जोड दिएका छन्।

यो चुनावका प्रतिद्वन्द्वी जोन मक्केनले आफ्नो पराजय स्वीकार गर्दै अमेरिकाले

 आफ्नो सपना साकार तुल्याउन सबैलाई समान अवसर दिन्छ भन्ने कुरा प्रमाणित गर्दै 

ओवामाले करोडौं अफ्रिकी अमेरिकीहरूका लागि नयाँ युग शुरू गरिदिएको बताए।

राष्ट्रपति बुशले ओवामालाई बधाई दिंदै डेमोक्रेटिक नेताले आफ्नो जीवनको महत्वपूर्ण यात्रा 

आरम्भ गर्न लागेकोले त्यसमा उनी प्रसन्न हुनुपर्ने बताए।

उनले सत्ता हस्तान्तरण सहज हुने बताएका छन्।

नव निर्वाचित राष्ट्रपति ओवामाले अमेरिका दुईवटा युद्धमा संलग्न रहेको र दशकौंयताको

 सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिररहेको स्थितिमा नयाँ डेमोक्रेटिक सरकार 

गठनका लागि अब काम शुरू गर्नुपर्नेछ।

राष्ट्रपति चुनाव संगै भएको अमेरिकी कंग्रेसको चुनावमा पनि डेमोक्रेटहरूले कंग्रेसका दुवै 

सदनहरूमा आफ्नो नियन्त्रण अरू मजबुत पारेका छन्।

प्रतिनिधिसभामा असअघि रिपब्लिकनहरूको पकडमा रहेको २० स्थान जितेर डेमोक्रेटहरूले

 आफ्नो बहुमत बृद्धि गरेका छन्।

सिनेटको एकतिहाइ स्थानहरूमा भएको चुनावमा डेमोक्रेटहरू थप पाँच स्थानमा विजयी भएका छन्।

खुसियाली

विश्वका कैयौं नेताहरूले ओबामाको विजयप्रति खुसियाली प्रकट गर्दै अब अमेरिकासितको

 सम्बन्धमा नयाँ अध्याय शुरू गर्ने अवसर प्राप्त हुने बताएका छन्।

चीनका राष्ट्रपति हु जिन्ताओले आपसी वार्ता मजबुत तुल्याउने अवसरको प्रतीक्षा गरिहेको बताए।

फ्रान्सका राष्ट्रपति निकोला सार्कोजीले ओबामाको विजयले अपार आशा बढाइदिएको कुरा उल्लेख गरेका छन्।

बृटिश प्रधानमन्त्री गोर्डन ब्राउनले ओबामाको विजयलाई ऐतिहासिक भनेका छन्।

उता सर्वोच्च क्याथलिक ईसाई धर्मगुरू पोप बेनेडिक्टले ओबामाले मानिसहरूका आकंक्षा 

पुरा गर्न सकून भनि प्रार्थना गरेका छन्।

ओबामाको विजयप्रति कैयौं अफ्रिकी नेताहरूले खुसियाली मनाएका छन् भने ओवामाका

 बाबु जन्मेको केन्यामा बिहीबार राष्ट्रिय विदा घोषणा गरिएको छ।

देशको संसदको दुवै सदन, हाउस अफ रिप्रेजेन्टेटिभ र सिनेटमा आफ्नो सदस्य 

संख्या बृद्धि गर्न सफल भएको डेमोक्रेटिक पार्टीका लागि मंगलबारको रात हर्षोल्लासपूर्ण रह्यो।

डेमोक्रेटिक पार्टीले आफ्नो राष्ट्रपतिय प्रत्यासीलाई विजयी तुल्याउनुका अलावा देशको 

सर्वोच्च विधायिका कंग्रेसमा आफ्नो स्थिति अरू मजबुत तुल्याएको छ।

तर डेमोक्रेटहरू सिनेटको ६० स्थान जित्न भने असफल भएजस्तो देखिन्छ।

उनीहरू त्यसमा पनि सफल भएको भए कुनैपनि कानून पारित गराउन डेमोक्रेटहरूलाई

 निकै सजिलो हुने थियो।

bbc.com


No comments :